काठमाडौँ- ग्लोबल आइएमई बैंकका ग्राहकले मेट्रो मार्टमा छुट पाउने भएका छन्। त्यसका लागि मार्ट र बैंकबीच सम्झौता गरिएको छ।
मार्टबाट सामान खरिद गरी क्यूआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउने बैंकले जानकारी दिएको छ। एक पटकको खरिदमा २ सय रुपैयाँसम्म र योजना अवधिभर ५ सय रुपैयाँसम्म छुट पाइने बैंकको भनाइ छ।
काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा र पेप्सीकोलास्थित स्टोरबाट सामान खरिद गर्दामात्रै उक्त योजना लागू हुनेछ।
प्रकाशित: २९ साउन २०८० १९:१९
प्रतिक्रिया