प्रजातन्त्रवादी शक्तिबीच एकता हुन आवश्यक : प्रकाशमान सिंह

हिमाल प्रेस २९ साउन २०८० १२:२५ | Monday, August 14, 2023
प्रजातन्त्रवादी शक्तिबीच एकता हुन आवश्यक : प्रकाशमान सिंह

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक दल एवं मुलुकको शासन व्यवस्था लोकतान्त्रिक मूल्यमान्यता र विधिको शासनअनुसार सञ्चालन हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

कांग्रेसका पूर्वमहामन्त्री सिंहले प्रजातान्त्रिक विचार समाजको प्रतिनिधि मण्डलसँग आफ्नै निवास चाक्सीबारीमा भेट्दै मुलुकमा स्थापित लोकतन्त्र, नागरिक अधिकारसहित राष्ट्रको अस्तित्वमाथि नै संकट आउन लागेकाले देशभरका प्रजातन्त्रवादी शक्तिबीच एकता हुन आवश्यक रहेको बताए।

प्रजातन्त्रको अभावमा प्रजातान्त्रिक विचार समाजलगायतका वैचारिक नागरिक संघ, संस्थाको अस्तित्वसमेत नामेट हुने प्रसंग उल्लेख गर्दै नेता सिंहले मानवअधिकार र प्रजातन्त्रको रक्षाका लागि एकताबद्ध हुन सम्पूर्ण युवा, विद्यार्थी, पेसा व्यवसायीसहित नागरिक समाजसँग समेत अनुरोध गरे।

प्रकाशित: २९ साउन २०८० १२:२५ | Monday, August 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast