म भाग्ने खालको मान्छे होइन : माधव नेपाल

हिमाल प्रेस २९ साउन २०८० ११:३९ | Monday, August 14, 2023
म भाग्ने खालको मान्छे होइन : माधव नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालले आफू युरोप भ्रमणमा गएका बेला माधव नेपाल भाग्यो भनेर समाचारहरू प्रकाशित भएकोमा चित्त दुखाएका छन्।

सोमबार युरोपबाट नेपाल फर्केपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले माधव नेपाल भाग्ने खालको मान्छे नभएको र आफू पूर्व निर्धारित कार्यक्रमअनुसार युरोप गएको बताए।

बालुवाटार जग्गा प्रकरणमा आफ्नो नाम मुछिएपनि आफूले कुनै कमजोरी नगरेको भन्दै त्यसको छानबिनका लागि सहयोग गर्न तयार रहेको उनले बताएका छन्।

‘मैले बिराएको छैन, कुनै अपराध गरेको छैन, लेनदेन गरेको छैन । आत्तिएको पनि छैन तर अलिअलि चित्त दुखेको छ’, पूर्व प्रधानमन्त्री नेपालले भने, ‘बालुवाटार जग्गा प्रकरणमा केही कमजोरी भएको छ भने त्यसको छानबिन होस्, मेरो सहयोगी भूमिका रहनेछ।’ अध्यक्ष नेपालले आफूले कुनै अपराध नगरेकाले बालुवाटार जग्गा प्रकरणमा आफ्नो नाम जोडिए पनि संलग्नता नरहेको दाबी गरे।

प्रकाशित: २९ साउन २०८० ११:३९ | Monday, August 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast