यस्तो छ ‘नांगाे गाउँ’को गीत ‘पहिलो नम्बर’

हिमाल प्रेस २८ साउन २०८० १६:२५ | Sunday, August 13, 2023
यस्तो छ ‘नांगाे गाउँ’को गीत ‘पहिलो नम्बर’

काठमाडौँ- भदौ २९ देखि प्रदर्शन हुने फिल्म ‘नांगो गाउँ’को ‘पहिलो नम्बर’ बोलको गीत सार्वजनिक गरिएको छ। गीत बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

किरण गजमेरको स्वर रहेको गीतमा राजेश अर्यालको शब्द र एसडी योगीको संगीत छ। रामजी लामिछानेको कोरियोग्राफी र आलोक शुक्लाको छायांकन रहेको गीतको भिडियोमा अभिनेता कार्म शाक्य र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह रोमान्टिक अवतारमा देखिएका छन्।

राजनीतिले गाउँ नांगो बनाएको प्रसंगमा आधारित फिल्ममा कार्म र सामग्रीसहित दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म शाक्य, कमलमणि नेपाल, रविन्द्र झा, बुद्धि तामाङ, विशाल पहारी, राज थापा, अंकित खड्का, निमा पाण्डे, सविन बास्तोला लगायतको अभिनय छ।

दिपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको फिल्म जय श्रेष्ठ निर्माण गरेका छन्। फिल्मको प्रस्तुतकर्ता हिमाल शर्मा हुन्। कमेडी, पारिवारिक र राजनीतिक विषयवस्तुमा बनेको फिल्म आलोक शुक्लाको छायांकन, बनिश शाहको सम्पादन, एसडी योगी र दीपक शर्माको संगीत, रामजी लामिछानेको कोरियोग्राफीमा बनेको छ। फिल्म क्लब वर्क क्रियसन प्रालिको ब्यानरमा निर्माण भएको छ।

प्रकाशित: २८ साउन २०८० १६:२५ | Sunday, August 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast