काठमाडौँ- अमेरिकी राज्य विभागका विश्वव्यापी भ्रष्टाचारविरोधी संयोजक रिचर्ड नेफिउ बिहीबार काठमाडौँ आइपुगेका छन्।
नेपालका लागि अमेरिकी राजदूत रिचर्ड थम्पसनले ट्वीटरमार्फत उनको भ्रमणबारे जानकारी गराएका छन्। नेपाल भ्रमणका क्रममा नेफिउले सरकारी अधिकारी, राजनीतिक दलका नेता र नागरिक समाजका प्रतिनिधिहरूसँग भेटवार्ता गर्नेछन्।
भेटवार्ताको क्रममा हुने छलफलको मुख्य विषय लोकतन्त्र, भ्रष्टाचार नियन्त्रण हुने थम्पसनले ट्वीटमार्फत जानकारी दिएका छन्। नेफिउ २०२२ जुलाईमा अमेरिकी राज्य विभागको विश्वव्यापी भ्रष्टाचारविरोधी संयोजकमा नियुक्त भएका थिए।
प्रकाशित: २५ साउन २०८० १८:३५ | Thursday, August 10, 2023
प्रतिक्रिया





