दुई कम्पनीमा सकारात्मक सर्किट, परिसूचक १७ अंकले बढ्यो

हिमाल प्रेस २६ मंसिर २०७९ १५:२६ | Monday, December 12, 2022
दुई कम्पनीमा सकारात्मक सर्किट, परिसूचक १७ अंकले बढ्यो

काठमाडौँ– सोमबार सेयर बजार परिसूचक (नेप्से) १६.९७ अंकले बढेको छ। आइतबार ३२ अंकले घटेको बजार आज दोहोरो अंकका साथ उकालो लागेको हो। आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सुमित लघुवित्त वित्तीय संस्था र सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशत बिन्दुले बढेको छ।

सोमबार नेपाल टेलिकमको सेयर मूल्य ७.४६, आदर्श लघुवित्त र धौलागिरि लघुवित्तको सेयर मूल्य ६.०८ प्रतिशतले बढेको छ। आज कारोबार भएकामध्ये १५८ कम्पनीको सेयर मूल्य बढेको छ। ४१ कम्पनीको मूल्य घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रह्यो।

सोमबार २४५ कम्पनीको ४४ लाख ७० हजार कित्ता सेयर खरिदबिक्री भएको छ। कुल २२ हजार ९९३ पटक कारोबार हुँदा १ अर्ब ३६ करोड ६० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित: २६ मंसिर २०७९ १५:२६ | Monday, December 12, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast