कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुला

हिमाल प्रेस २६ मंसिर २०७९ १३:५२ | Monday, December 12, 2022
कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुला

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको छ। बोर्डले शैक्षिक सत्र २०७९-८० मा भर्ना भएका विद्यार्थीका लागि पुस मसान्तभित्र रजिस्ट्रेसन आवेदन फाराम भरिसक्न सूचित गरेको हो।

माध्यमिक शिक्षा परीक्षा एसईईमा न्यूनतम १.६ जीपीए ल्याएका विद्यार्थीको ग्रेडसिट प्रधानाध्यापकबाट प्रमाणित प्रतिलिपिसहित सम्बन्धित विद्यालयले माघ १५ गतेभित्र दस्तुर (बैंक भौचर) र रजिस्ट्रेसन आवेदन फाराम बोर्डको सम्बन्धित कार्यालयमा बुझाउनु पर्नेछ।

विद्यार्थीले रजिष्ट्रेसन फाराम भर्दा विषय समूह र कोडअनुसार एक समूहबाट एक मात्र विषय अध्ययन गर्ने गरी फाराम भर्नुपर्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ।

प्रकाशित: २६ मंसिर २०७९ १३:५२ | Monday, December 12, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast