राउटे अगुवाले गण्डकीका मुख्यमन्त्रीलाई दिए काठको चौका उपहार [फोटो फिचर]

हिमाल प्रेस २१ साउन २०८० १९:२१
162
SHARES
राउटे अगुवाले गण्डकीका मुख्यमन्त्रीलाई दिए काठको चौका उपहार [फोटो फिचर]

काठमाडौँ- देशका विभिन्न स्थानमा घुम्दै पोखरा आइपुगेको राउटे समुदायको टोलीले आइतबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भेट गरेको छ। गास, बास र कपासको जोहो गर्न भन्दै दैलेखबाट गण्डकी प्रदेशको राजधानी पोखरा पुगेका राउटे अगुवाहरूले मुख्यमन्त्रीसँग आर्थिक सहयोग मागे।

‘आर्थिक सहायताका लागि अनुरोध गरेपछि मुख्यमन्त्रीज्यूले गण्डकी प्रदेश सरकारको तर्फबाट ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभयो,’ मुख्यमन्त्रीका प्रेस सल्लाहका नरहरि सापकोटाले भने, ‘भेटमा मुख्यमन्त्रीले राउटे समुदायले भोग्नुपरेको समस्या, अहिलेको अवस्था, कानुनी अड्चन लगायतका बारेमा जानकारी लिनुभयो।’

राउटे अगुवा लालबहादुर शाहीले मुख्यमन्त्री पाण्डेसँग आफ्नो समुदायका लागि नेपाल सरकारले निरन्तर सहयोगको अपेक्षा गरेको उनको भनाइ छ। राउटे समुदायले हरेक वर्ष जस्तै यस वर्षपनि बिभिन्न प्रदेशबाट सहयोग संकलन गरेको बताएका छन्। उक्त रकम राउटे समुदायको खाने, बस्ने प्रयोजनमा खर्च गरिने राउटे अगुवा लालबहादुरले बताए। मुख्यमन्त्रीले ५० हजार रुपैयाँ सहयोग गरेपछि राउटेको समुदायको तर्फबाट काठको चौका उपहार दिएको प्रेस सल्लाहकार सापकोटाले जानकारी दिए।

प्रकाशित: २१ साउन २०८० १९:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast