 
                             
                                            काठमाडौँ- गौर हत्याकाण्डका पीडित संघर्ष समितिका सदस्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।
उक्त भेटमा संघर्ष समितिका सदस्यले गौर हत्याकाण्डका दोषीहरूलाई कारबाहीको दायरमा ल्याउन माग गरेका थिए। त्यसका साथै उनीहरूले पीडितहरूले दोषीमाथि कारबाहीको माग गर्दै जारी राखेको आन्दोलनका बारेमा पनि जानकारी गराएका थिए।
जवाफमा प्रधानमन्त्री प्रचण्डले पीडित संघर्ष समितिको माग सम्बोधन गर्न आफू तयार रहेको बताएको भेटमा सहभागी एक जनाले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्रीले संघर्ष समितिसँग वर्ताका लागि छिटै नै गृहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने जानकारी दिएका थिए।
                            प्रकाशित: २० साउन  २०८० १३:०९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 