काठमाडौँ- भारतको उत्तराखण्ड राज्य रुद्रप्रयागमा पहिरोमा परेर १६ नेपाली बेपत्ता भएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ।
रुद्रप्रयागमा होटल गरेर बसेका जुम्लाका ७, जुम्लाकै रोजगारीका शिलशिलामा रहेका ४ र कालीकोटका ५ सहित १६ जना रहेको जनाएको छ। राजदूतावासले विज्ञप्ति जारी गर्दै वेपत्ताको खोजी कार्य जारी जनाएको छ भने नदीको सतह बढेकाले कठिनाइ भइरहेको खुलाएको छ।
दूतावासले आज बिहान ९ बजेतिर मन्दाकिनी नदीको किनारामा फेला परेका ३ मध्ये २ शव नेपालीको रहेको जनाएको छ। शव कालीकोटस्थित टेकबहादुर कामीको रहेको र अर्को शवको सनाखत नभएको जनाएको छ।
‘शवको अनुहारमा चोट लागेकाले सनाखत हुन सकेन।’ दूतावासले जनाएको छ।
बेपत्ता नेपालीको खोजी र विपद्मा फुसेकाको उद्दार गर्न विदेश मन्त्रालय र रुद्रप्रयागस्थित जिल्लाधिकारीलाई अनुरोध गरेको दूतावासले स्पष्ट पारेको छ।
उत्तराखण्ड बाढीपहिरो : बेपत्ता ११ नेपालीको सनाखत, खोजी कार्य जारी