 
                             
                                            काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौर हत्याकाण्ड पीडित संघर्ष समिति संयोजक रुपसागर देवी उपाध्यायलाई आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्तामा आउन आग्रह गरेका छन्।
प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले संयोजक उपाध्यायलाई पत्र लेख्दै वार्ता-संवादमा आउन अनुरोध गरेको हो।
‘तपाई संयोजक रहेको गौर हत्याकाण्ड पीडित संघर्ष समितिका माध्यमबाट विभिन्न मागसहित आन्दोलन गर्ने जानकारीप्रति सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण भएको व्यहोरा जानकारी गराउँदछुु,’ निजी सचिवालयका सहसचिव अर्जुन भण्डारीद्वारा लिखित पत्रमा भनिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘संघर्ष समितिका मागहरू सम्बन्धमा वार्ता सम्वादका माध्यमबाट तत्काल समाधान गर्न सम्माननीय प्रधानमन्त्रीज्यूबाट निर्देशन समेत भएकाले आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्ता संवादमा आउन हार्दिक अनुरोध छ।’
१७ वर्षअघि भएको गौर घटनाको दोषीलाई कारबाहीको माग गर्दै उपाध्याय रौतहटको चन्द्रनिगाहपुरमा धर्नामा बसेकी छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 