८५ लाखको धनमाल चोरी गरेको आरोपमा दुई जना पक्राउ

हिमाल प्रेस १९ साउन २०८० २१:४८
16
SHARES
८५ लाखको धनमाल चोरी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रातको समयमा चोरी गर्ने व्यक्तिहरू पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका-९ घर भई हाल काठमाठौँ महानगरपालिका-२६ ठमेल बस्ने ४५ वर्षीय विकास देउला (पोडे) तथा सिन्धुपाल्चोक तौथली गाउँपालिका–७ घर भई हाल काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–४ पासिकोट बस्ने ३२ वर्षीय सुमन भन्ने विष्णु श्रेष्ठ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

उनका अनुसार साउन ६ गते राति बूढानीलकण्ठ नगरपालिका–३ गैरीगाउँस्थित सुजन श्रेष्ठको घरबाट रोलेक्स राडो तथा ओमेगा घडी, सुनका र हिराका विभिन्न गरगहना तथा नगदलगायत अन्दाजी मूल्य ८५ लाख २६ हजार ९ सय बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धानका क्रममा उक्त चोरी भएको धनमाल पासा भन्ने विकास पोडेको साथमा रहेको भन्ने खुल्न आएकाले उनलाई ठमेलबाट पक्राउ गरिएको हो।

यसै गरी पोडेलाई पक्राउ गरी थप अनुसन्धान गर्दा उक्त चोरी गर्ने कार्यमा हाल प्रहरी वृत्त, मालिगाउँमा अभद्र व्यवहार कसुरको अनुसन्धानको सिलसिलामा थुनामा रहेका सुमन भन्ने विष्णु श्रेष्ठको संलग्नता रहेको खुल्न आएको र  पासा भन्ने पोडेलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त, महाराजगञ्ज पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक केसीले बताए।

साथै श्रेष्ठलाई यसअघि काठमाडौँ उपत्यकाका विभिन्न प्रहरी कार्यालयबाट चोरीलगायत ६ वटा मुद्दा चलेको अभिलेखबाट देखिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रकाशित: १९ साउन २०८० २१:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast