उदयपुरका ७४ वर्षे बेगबहादुरले गरे भत्ता नलिने घोषणा

हिमाल प्रेस २५ मंसिर २०७९ २०:४६ | Sunday, December 11, 2022
उदयपुरका ७४ वर्षे बेगबहादुरले गरे भत्ता नलिने घोषणा

उदयपुर– उदयपुरको कटारी नगरपालिका ११ का ७४ वर्षीय बेगबहादुर सुनुवारले सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गरेका छन्। आफू आफ्नै मेहनतको कमाइ मात्रै खाने बताउँदै सुनुवारले भत्ता नलिने घोषणा गरेका हुन्।

एक छोरीको साथमा बस्दै आएका सुनुवारको मुख्य पेशा कृषि कर्म हो। अरूको केही पनि नलिने र नखाने स्वाभावका सुनुवारले भत्ता नलिने बताएका हुन्। ‘उहाँले भत्ता लिन मान्नु भएन र नलिने घोषणा गर्नुभयो,’ वडाध्यक्ष अनन्त हायुले भने, ‘अरूले दिएको नखाने भन्दै उहाँले भत्ता नलिने हुनुभएको हो।’

हायुकाअनुसार राज्यले दिएको भत्ता नलिने घोषणा गर्दै सुनुवारले राज्यबाट निःशुल्क भत्ता नलिने बताएका हुन्। सुनुवारले भत्ता नलिने घोषणा गरेको जानकारी नगरपालिकालाई गराइसकेको बताउँदै वडाध्यक्ष हायुले वडाबाट विशेष सम्मान गर्ने तयारी गरेको जनाए।

प्रकाशित: २५ मंसिर २०७९ २०:४६ | Sunday, December 11, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast