काठमाडौँ- रेडियो प्रसारक संस्थाहरूले संगीतकार तथा रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीको सिर्जनालाई प्रतिबन्ध लगाउने यसअघिको निर्णयलाई फिर्ता लिएका छन्।
मंगलबार संयुक्त वक्तव्य जारी गर्दै रेडियो ब्रोडकास्टर्स फोरम, ब्रोडकास्टिङ एसोसिएसन र सामुदायिक रेडियो प्रसारक संघले उक्त निर्णयलाई आजैबाट फिर्ता लिएको जनाएका छन्।
सामाजिक सञ्जालमार्फत संगीतकार अधिकारीले आफ्ना विवादित अभिव्यक्ति फिर्ता लिएको र स्वतन्त्र रेडियो अभियानप्रति ऐक्यबद्धता जनाएकाले निर्णय फिर्ता लिइएको जनाइएको छ।
प्रकाशित: १७ साउन २०८० ९:५०
प्रतिक्रिया