सप्तरीमा जंगली हात्तीले पाँचवटा घर भत्कायो

हिमाल प्रेस २५ मंसिर २०७९ १८:२६ | Sunday, December 11, 2022
सप्तरीमा जंगली हात्तीले पाँचवटा घर भत्कायो हात्तीले भत्काएको घर। फाइल तस्बिर।

सप्तरी– सप्तरीको कञ्चनरूपमा जंगली हात्तीले शनिबार राति ३ परिवारको ५ वटा घर भत्काउँदा ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ। कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको जंगली हात्तीले कञ्चनरूप नगरपालिका १२ मातिन परिवारको पाँचवटा घर भत्काएर क्षति गरेको वडा सदस्य जैनुद्दीन मियाँले बताए।

कञ्चनरूप १२ धानुक टोलमा पसेको हात्तीले दलुलाल मण्डलको दुईवटा घर, सञ्जु मण्डलको दुईवटा घर र कैली रामको एउटा घर भत्काउनाका साथै अन्नपात खाएर नष्ट गर्दा करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको वडा सदस्य मियाँले बताए।

एउटा जंगली हात्ती वडा १२ को बस्तीपुर, श्रवणपुर, सीतापुर, चर्खियालगायत गाउँबस्तीमा प्रवेश गरी किसानले लगाएको तरकारी बाली तथा अन्न बाली खाएर, कुल्चिएर नोक्सान पुर्‍याउँदा लाखौँको क्षति भएको स्थानीयवासीले बताएका छन्।

हात्ती गाउँ पसेपछि गाउँलेहरू रातभरि डर त्रासमा जाग्राम बसेका थिए। यस भेगमा सालैपिच्छे हात्तीले आतंक मच्चाउनाका साथै मानिसको ज्यानसमेत लिने गरेको छ। हात्ती आतंक न्यूनीकरण गर्नेतर्फ सम्बन्धित निकायले चासो नदेखाएको भन्दै गाउँलेहरू आक्रोशित बनेका छन्।

प्रकाशित: २५ मंसिर २०७९ १८:२६ | Sunday, December 11, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast