 
                             
                                            काठमाडौँ-आईटी र ई–कमर्स कलेजको रूपमा चिनिने सफ्टवेरिकाले स्मार्ट टेक्नोलोजीसम्बन्धी प्रदर्शनी सम्पन्न गरेको छ। कलेज परिसरमा जुलाई २७ देखि जुलाई ३० सम्म प्रदर्शनी आयोजना भएको थियो।
प्रदर्शनीमा सफ्टवेरिका कलेजमा अध्ययनरत विद्यार्थीहरूले तयार पारेका परियोजनाहरू प्रदर्शनमा राखिएको थियो। कार्यक्रममा ३० भन्दा बढी ‘स्टार्टअप’ कम्पनी सहभागी भए।
प्रदर्शनीको मुख्य आकर्षण रोबोटको लडाकू ‘रोबो वार’ थियो। टोली ‘भाइपर स्ट्राइक’ले रोबो वार जित्यो र ‘काजाडोर’ उपविजेता बनेको थियो। विजेता टोलीले ७५ हजार रुपैयाँ र उपविजेता टोलीले २५ हजार रुपैयाँ प्राप्त गरेका थिए
                            प्रकाशित: १६ साउन  २०८० १२:१४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                    


 
  
  
  
  
  
  
  
  
  
 