मादी नदीमा एक पुरुषको शव फेला

हिमाल प्रेस १३ साउन २०८० १२:०५ | Saturday, July 29, 2023
मादी नदीमा एक पुरुषको शव फेला प्रतीकात्मक तस्बिर।

तनहुँ– तनहुँको व्यास नगरपालिका-१० स्थित मादी नदीमा आज १ पुरुषको शव फेला परेको छ। बैरेनीस्थित मादी नदी किनारमा तैरिरहेको अवस्थामा पुरुषको शव फेला परेको हो।

अन्दाजी ५० वर्षजस्तो देखिने ती व्यक्तिको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवको सनाखतका लागि प्रयास भइरहेको प्रहरीको भनाइ छ। शवलाई दमौली अस्पतालमा राखिएको छ।

प्रकाशित: १३ साउन २०८० १२:०५ | Saturday, July 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast