दक्षिण सुडानमा कार्यरत एक शान्ति सैनिकको मृत्यु

हिमाल प्रेस १२ साउन २०८० २०:३९ | Friday, July 28, 2023
दक्षिण सुडानमा कार्यरत एक शान्ति सैनिकको मृत्यु प्रतीकात्मक तस्बिर।

काठमाडौँ- दक्षिण सुडानमा कार्यरत नेपाली शान्ति सैनिकको मृत्यु भएको छ।

संयुक्त राष्ट्रस‌ंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि दक्षिण सुडानमा तैनाथ शेर गण शान्ति सेना बाह्रौँ डफ्फामा कार्यरत अमलदार रामबहादुर बाँठाको बिहीबार मृत्यु भएको हो।

जाजरकोट खलंगा गाउँपालिका-६ का बाँठाको शव रुम्बेकस्थित गणमा रहेको गाडीको वर्कशपमा झुण्डिएको अवस्थामा फेला परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

उनको शव पोष्टमार्टमको प्रक्रिया तथा अनुसन्धान पूरा भएपछि स्वदेश ल्याइने बताइएको छ। -रासस

प्रकाशित: १२ साउन २०८० २०:३९ | Friday, July 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast