कोशीमा मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको आह्वान

हिमाल प्रेस १२ साउन २०८० १४:०८ | Friday, July 28, 2023
कोशीमा मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको आह्वान

काठमाडौँ- कोशी प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन्।

प्रदेश प्रमुख परशुराम खापुङले १७ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको सर्मथमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन्।

सर्वोच्च अदालतले बिहीबार मात्र मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गर्नुका साथै संविधानको धारा १६८ (२) अनुसार १६ गतेभित्र मुख्यमन्त्री नियुक्त गरिसक्न परमादेश दिएको थियो।

प्रकाशित: १२ साउन २०८० १४:०८ | Friday, July 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast