कालीमाटीका ५० प्रतिशत सटर किसानले पाउनुपर्ने माग गर्दै प्रदर्शन [तस्बिहरू]

दिपेश श्रेष्ठ १२ साउन २०८० १३:५० | Friday, July 28, 2023
कालीमाटीका ५० प्रतिशत सटर किसानले पाउनुपर्ने माग गर्दै प्रदर्शन [तस्बिहरू]

काठमाडौँ– राष्ट्रिय किसान सञ्जालले कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको कार्यालयमा विरोध प्रदर्शन गरेको छ।

सञ्जालले बिहीबार बिहान कार्यालयअगाडि धर्ना दिएको हो। बिना प्रतिस्पर्धा भाडामा दिने सम्झौता खारेज गर्नुपर्ने, बजारको सटर र स्टल खुला प्रतिस्पर्धामार्फत भाडामा लगाउनुपर्ने लगायतका माग उनीहरूले अघि सारेका छन्।

धर्ना स्थलमा पुगेका नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले कृषि क्षेत्रमा आन्दोलन सुरु भएको बताए। उनले भने, ‘सरकारले किसानको हकविरुद्धका नीतिहरु बनाउँदै गए आन्दोलन झनै चर्काउनेछौँ।’ धर्नाकारीले आफ्ना मागसँग सम्बन्धित विभिन्न प्लेकार्ड बोकेका थिए।

 

प्रकाशित: १२ साउन २०८० १३:५० | Friday, July 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast