बंगलादेशी पर्वतारोही शकिललाई काठमाडौँमा सम्मान

हिमाल प्रेस ११ साउन २०८० २०:३३
18
SHARES
बंगलादेशी पर्वतारोही शकिललाई काठमाडौँमा सम्मान

काठमाडौँ- काठमाडौँस्थित बंगलादेशी दूतावासले पर्वतारोही इक्रामुल हसन शकिललाई सम्मान गरेको छ। ‘ग्रेट हिमालय ट्रेल’ अभियान सफलतापूर्वक सम्पन्न गर्ने पहिलो बंगलादेशी शकिललाई बिहीबार बंगलादेशी दूतावासले सम्मान गरेको हो। शकिलले पश्चिमको हिल्साबाट यात्रा सुरु गरेर पूर्वकाे कञ्चनजंगा हिमालको बेस क्याम्पसम्म १ हजार ७ सय किलोमिटर पैदल यात्रा गरेका हुन्।

उक्त यात्रा गर्न उनलाई १०२ दिन लागेको थियो। आरोहणका क्रममा शकिलले २९ वटा कठिन हिमाली नाका पार गर्नुपरेको थियो। जसमध्ये १४ वटा ५ हजार मिटरभन्दा अग्ला र दुर्गम तथा कठिन मानिन्छन्।

शकिलले यसअघि कायाजो री, हिमलुङ र डोल्मा खाङलगायत हिमालको आरोहण गरेका छन्। यात्रा वृत्तान्तका प्रख्यात लेखकसमेत रहेका शकिलले मातृभाषामा शिक्षा र वातावरण संरक्षणमा जनचेतना जगाउने काम पनि गर्दै आएका छन्।

दूतावासका अधिकारीहरुसँगको अन्तरक्रियामा शकिलले आफ्नो अनुभव साझा गर्दै सहयोगका लागि धन्यवाद दिए। उनलाई राजदूतले सम्मान गरेका थिए।

प्रकाशित: ११ साउन २०८० २०:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast