नेपाल क्यान्सर केयर फाउन्डेसनलाई म्यामाेग्राफी हस्तान्तरण

हिमाल प्रेस ९ साउन २०८० २१:४८
नेपाल क्यान्सर केयर फाउन्डेसनलाई म्यामाेग्राफी हस्तान्तरण

काठमाडौँ- जापान सरकारले नेपाल क्यान्सर केयर फाउन्डेसनलाई ‘म्यामाेग्राफी’ उपकरण हस्तान्तरण गरेको छ। ललितपुरको सातदोबाटोमा रहेको फाउन्डेसनलाई मंगलबार एक कार्यक्रम गर्दै उक्त उपकरण हस्तान्तरण गरिएको हो।

नेपालका लागि जापानी राजदूत किकुता युताकाको उपस्थितिमा सहयोगस्वरूप उक्त उपकरण हस्तान्तरण गरिएको दूतावासले जानकारी दिएको छ। करिब ८३ लाख रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरिएको राजदूत युताकाले बताए। उक्त उपकरणले महिलाको स्तन क्यान्सरलगायत रोग परिक्षणका लागि सहज हुने दूतावासको भनाइ छ।

प्रकाशित: ९ साउन २०८० २१:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast