कांग्रेस नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गर्दैछ : प्रमुख सचेतक लेखक

हिमाल प्रेस ९ साउन २०८० १३:३२ | Tuesday, July 25, 2023
कांग्रेस नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गर्दैछ : प्रमुख सचेतक लेखक कांग्रेस प्रमुख सचेतक रमेश लेखक

काठमाडौँ– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस अब नयाँ चरणमा प्रवेश गरेको बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै लेखकले पार्टी नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गरेको बताएका हुन्।

पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठकको प्रसंग उल्लेख गर्दै उनले भने, ‘यो बैठकले पार्टीभित्र र बाहिर पनि सकारात्मक सन्देश प्रवाह गरेको छ । सार्वजनिक ढंगबाट फेसबुकमा ओपन गरिएको छ, यो राम्रो हो । बैठक सकारात्मक छ, भोलि निष्कर्षमा पुग्नेछौँ। कांग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गर्दैछ । फेरबदल अहिले कति देखिए, कति देखिएनन् । तर, फेरबदल स्वभाविक हुन् र यी हुन्छन् ।’

कांग्रेस केन्द्रीय समितिको बैठकमा खास गरी महामन्त्रीहरूले नेतृत्व परिवर्तनको कुरा उठाएका थिए।

साउन २ गतेदेखि जारी कांग्रेस बैठक भोलि बुधबार निर्णय सार्वजनिक गरेर सकिँदैछ। बैठकको निर्णय तयार पार्नका लागि आज अपराह्न ४ बजे सभापति शेरबहादुर देउवाले आफ्नै निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलाएका छन्।

प्रकाशित: ९ साउन २०८० १३:३२ | Tuesday, July 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast