मोटरसाइकल दुर्घटनामा पाँचथरमा एकको मृत्यु

हिमाल प्रेस ९ साउन २०८० ९:१४ | Tuesday, July 25, 2023
मोटरसाइकल दुर्घटनामा पाँचथरमा एकको मृत्यु

पाँचथर- पाँचथरको सदरमुकाम फिदिम बजार नजिकै सरकारी मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

मंगलबार बिहान एक बजेर ४५ मिनेट जाँदा फिदिम–२ ओदिनमा भएको दुर्घटनामा झापाको विर्तामोड नगरपालिका ८ निवासी २४ वर्षीय युवराज अधिकारीको मृत्यु भएको हो।

अधिकारी सवार प्रदेश ०१–०३–००१ ब ००१९ नम्बरको मोटरसाइकल फिदिम २ ओदिन नजिकै दुर्घटनामा परेको थियो। मृतक प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय पाँचथरमा कार्यरत थिए।

उनी चढेको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। मोटरसाइकल सडकमै भेटिएपनि उनको शव भने करिब १० मिटर तल खसेको थियो।

मोटरसाइकलमा उनी सामदिनदेखि फिदिमतर्फ आँउदै गर्दा दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख कुलबहादुर बुढाथोकीले बताए।

प्रकाशित: ९ साउन २०८० ९:१४ | Tuesday, July 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast