बैठक सभापतिजीले नबोलाएकै कारण ढिला भएको भन्नु गलत हो : उपसभापति खड्का

हिमाल प्रेस ८ साउन २०८० १८:३५ | Monday, July 24, 2023
बैठक सभापतिजीले नबोलाएकै कारण ढिला भएको भन्नु गलत हो : उपसभापति खड्का

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काले महामन्त्री गगन थापाले राखेको एजेन्डा छलफलबाटै तय भएको बताएका छन्।

जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले राखेको प्रस्तावका विषयमा संस्थापन पक्षका अधिकांश केन्द्रीय सदस्यले आलोचना गरिरहेकै बेला संस्थापक पक्षकै खड्काले यस्तो बताएका हुन्। उनीहरूले पार्टी रुपान्तरणको मुद्दालाई सभापतिलाई हटाउने विषयसँग जोड्दै महामन्त्री थापाको आलोचनामा धेरै समय खर्च गरे ।

तर, सोमबारको बैठकमा उपसभापति खड्काले महामन्त्रीले राखेको प्रस्ताव उपलब्ध पदाधिकारीको छलफलबाटै तय भएको जानकारी गराएका छन् ।

‘महामन्त्री गगन थापाले राखेका प्रस्ताव उपलब्ध पदाधिकारीको छलफलबाटै तय भएको जानकारी गराउन चाहन्छु,’ उपसभापति खड्काले भने, ‘हाम्रो पार्टीको बैठक सभापतिजीले नबोलाएकै कारण ढिला भएको हो भन्ने कुरा पनि गलत हो ।’

उनले देशको परिस्थितिअनुसार सभापतिले सल्लाहमै बैठक सारेको भन्दै बैठक प्रत्यक्ष प्रशारण गर्ने निर्णय पनि सभापतिले छलफलबाटै लिएको बताए।

प्रकाशित: ८ साउन २०८० १८:३५ | Monday, July 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast