महाकाली नदीमा हाम फालेर एक युवक बेपत्ता

हिमाल प्रेस ७ साउन २०८० १२:३६ | Sunday, July 23, 2023
महाकाली नदीमा हाम फालेर एक युवक बेपत्ता

धनगढी– शनिबार राति महाकाली नदीमा बनेको झोलुंगे पुलबाट हाम फालेर एक युवक बेपत्ता भएका छन्।

राति ११ बजे शुक्लाफाँटा नगरपालिका-६ का २८ वर्षीय जनक भट्टले झोलुंगे पुलबाट हाम फालेर बेपत्ता भएको कञ्चनपुर प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिए।

बेपत्ता हुनुअघि भट्टसँगै रहेका भीमदत्त नगरपालिका-१५ गोबरैयाका जयदेव भट्टलाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ।

जनकले हाम फालेपछि जयदेवले नै फोन गरेर प्रहरीलाई खबर गरेको डीएसपी डाँगीले बताए।

वेपत्ता जनकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

महाकाली नदीमा जनकले हाम फाल्ने घटनाको कारण खुल्न नसकेको डीएसपी डाँगीले बताए। घटनाबारे जयदेवसँग सोधपुछ जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ साउन २०८० १२:३६ | Sunday, July 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast