मनै लोभ्याउने हुखौ झरना [भिडियो]

अजय अलौकिक ३२ असार २०७९ ६:०० | Saturday, July 16, 2022

बेइजिङ- चिनियाँहरू ह्वाङ ख्ह अर्थात् पीत नदीलाई मातृनदी मान्दछन्। पाँच हजार चार सय ६४ किलोमिटर लामो पीत नदी याङ्च नदीपछिको चीनको दोस्रो लामो नदी हो।

पीत नदीले ओल्लो सानसी र पल्लो सानसीबीचको चिनसान घाँटीमा बग्दा एउटा विशाल झरना निर्माण गर्दछ। यसरी दुई किनारका पहाडबीचको चिनसान घाटी भएर बग्दा चियादानीको मुखजस्तो देखिन्छ। चियादानीको मुखलाई चिनियाँमा हुखौ भनिन्छ, त्यसैले यो झरनाको नाम हुखौ हुन गएको हो।

हुखौ झरना चीनको दोस्रो ठूलो झरना हो। चीनमा यो झरनाका सम्बन्धमा केही भनाइ पनि छन् कि हुखौ झरना पीत नदीको वास्तविक रङमा रहन्छ। हुखौ झरना नदेखेकाले साँच्चिकै पीत नदी देखेका छैनन्। यी भनाइले पनि यो झरनाको महत्त्व कति छ भन्ने प्रस्ट झल्किन्छ।

हरेक जुलाईमा पीत नदी बाढीको मुख्य अवधिमा प्रवेश गर्दछ। यो समय हुखौ झरनाको सुनौलो अवधि हो। यो आकर्षक दृश्यले पर्यटकलाई लोभ्याउँछ। हरेक वर्ष हुखौ झरनाको अवलोकन गर्न आउने पर्यटकको संख्या २० लाखभन्दा बढी हुन्छ।

साथै बाह्रै महिना यो झरना हेर्न पर्यटकको भीड लाग्छ। हिउँदमा पीत नदीमा पानीको मात्रा कम हुन्छ तर यो झरनाको अवलोकन विशेष हुने गर्दछ किनकि त्यस बेला श्वेत बरफिलो नदीका साथै बरफका विचित्र आकार  देख्न पाइन्छ।

प्रकाशित: ३२ असार २०७९ ६:०० | Saturday, July 16, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast