सात दिन बसेको एकीकृत समाजवादीको निर्णय : केन्द्रीय कमिटी बसेर महाधिवेशनको मिति तय गर्ने

हिमाल प्रेस ६ साउन २०८० ६:३२ | Saturday, July 22, 2023
सात दिन बसेको एकीकृत समाजवादीको निर्णय : केन्द्रीय कमिटी बसेर महाधिवेशनको मिति तय गर्ने फाइल तस्बिर।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक एक सातापछि सकिएको छ।

गएको शुक्रबारदेखि बसेको बैठकले स्थायी कमिटीदेखि केन्द्रीय कमिटी बैठकसम्मको बैठक बोलाउने निर्णय गरेको छ।

बैठकले पार्टीको महाधिवेशन माघ वा फागुनमा गर्ने निर्णय गरेको छ। महाधिवेशनको मिति केन्द्रीय सचिवालयको प्रस्तावमा केन्द्रीय कमिटी बैठकले तय गर्ने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।

उनका अनुसार सचिवालय बैठक साउन १५ गते बस्ने छ । साउन १६ र १७ गते स्थायी कमिटी बैठक र १८ र १९ गते पोलिटब्युरो बैठक बस्ने छ । केन्द्रीय कमिटी बैठक साउन २० र २१ गते बोलाउने निर्णय भएको छ ।

प्रकाशित: ६ साउन २०८० ६:३२ | Saturday, July 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast