मनसुन प्रभाव कायमै, देशभर आंशिकदेखि हल्का वर्षा हुने

हिमाल प्रेस ६ साउन २०८० ६:२२ | Saturday, July 22, 2023
मनसुन प्रभाव कायमै, देशभर आंशिकदेखि हल्का वर्षा हुने फाइल तस्बिर

काठमाडौँ– हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

जसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानमा हावा हुरीको पनि सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

वर्षाका कारण हुने बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोप साथै हावाहुरीको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सर्वसाधारणमा अनुरोध गरेको छ।

प्रकाशित: ६ साउन २०८० ६:२२ | Saturday, July 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast