पार्टी बनाउने हो भने आफ्ना नेताको आलोचना गर्न छाडौँ : आरजु राणा

हिमाल प्रेस ५ साउन २०८० ११:४३ | Friday, July 21, 2023
पार्टी बनाउने हो भने आफ्ना नेताको आलोचना गर्न छाडौँ : आरजु राणा

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय सदस्य डा आरजु राणा देउवाले पार्टीलाई सही दिशामा हिँडाउन नेताको गाली गर्न छाड्नु पर्ने बताएकी छन्।

आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै राणाले आफ्नो पार्टीलाई पब्लिकमा गाली गर्न छाड्नु पर्ने बताएकी हुन्। उनले पछिल्लो समय सरकार र दलबीच खाल्डो बनेको आरोप लगाइन्।

‘सरकार र दलबीच ग्याप देखिन्छ। यसका लागि हामी प्रशिक्षण दिऔँ,’ राणाले भनिन्,‘हामी पार्टी निर्माणमा लागौँ। हाम्रो भोट आफै काट्ने काम छाडौँ।’

उनले उमेर हेरेर नयाँ व्यक्तिलाई प्राथमिकता दिँदा राजनीतिक बुझाइ कम भएको आरोप लगाइन्। ‘युवा भनेर अवसर दियो। राजनीति बुझेकै हुँदैन,’ उनले भनिन्,‘कम्तीमा राजनीति बुझेको व्यक्ति आवश्यक पर्छ।’ उनले महिलालाई प्राथमिकता दिएर अघि बढ्नुपर्ने बताइन्।

त्यस्तै उनले राजनीति भनेकै असहज स्थिति रहेको पनि बताइन्। अहिलेको युगमा राजनीति गर्न असहज हुन्छ भनेर डराउनेलाई मैदान छोडेर जान पनि उनले चुनौती दिइन्।

‘राजनीति भनेकै असहज स्थिति हो। द्वापर युगदेखि कहिले पनि राजनीति सहज छैन। अहिले कलियुगमा पनि राजनीति गर्न असहज हुन्छ भनेर डराएर बस्नेहरू मैदान छोडेर जानुपर्‍यो’ उनले भनिन्।

पार्टी सिद्धान्तलाई कसैले बिर्सिन नपाइने राणाको भनाइ छ।

 

प्रकाशित: ५ साउन २०८० ११:४३ | Friday, July 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast