देशभर मनसुन कायमै, वर्षाका कारण हुने बाढी-पहिरोबाट सजग रहन महाशाखाको आग्रह

हिमाल प्रेस ४ साउन २०८० ६:३० | Thursday, July 20, 2023
देशभर मनसुन कायमै, वर्षाका कारण हुने बाढी-पहिरोबाट सजग रहन महाशाखाको आग्रह फाइल तस्बिर

काठमाडौँ– हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ। सुदुर पश्चिम प्रदेश , लुम्बिनी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानमा र बाँकी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भू-भाग केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कर्णाली र सुदुरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हावा-हुरी, मेघ गर्जन/चट्याङ साथै वर्षाका कारण हुने बाढी, पहिरो तथा भू-क्षयबाट हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा आग्रह गरेको छ।

प्रकाशित: ४ साउन २०८० ६:३० | Thursday, July 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast