‘दराज महाबचत योजना’का लागि सानिमा बैंकको सहकार्य

हिमाल प्रेस ३ साउन २०८० १६:४५ | Wednesday, July 19, 2023
‘दराज महाबचत योजना’का लागि सानिमा बैंकको सहकार्य

काठमाडौँ- सानिमा बैंकले ‘दराज महाबचत आयोजना’का लागि अनलाइन सपिङ प्लेटफर्म दराजसँग सहकार्य गर्ने भएको छ। बैंकले आफ्ना ग्राहकलाई उक्त योजनामा विशेष छुट उपलब्ध गराउने उद्देश्यले सहकार्य गर्न लागेको हो।

सोअनुसार दराजमार्फत सामान खरिद गरी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा ग्राहकले छुट पाउनेछन्। डेबिट कार्डबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म जा एक हजार रुपैयाँसम्म र क्रेडिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा एक हजार पाँचसय रुपैयाँसम्म छुट पाउने बैंकले जानकारी दिएको छ। उक्त, छुट लिन ग्राहकले दराज एपमा भौचर संकलन गर्नुपर्नेछ। साथै क्रेडिट कार्ड प्रयोगकर्ताले किस्ताबन्दीको सुविधा पनि प्रयोग गर्न सक्ने बैंकले जानकारी दिएको छ।

प्रकाशित: ३ साउन २०८० १६:४५ | Wednesday, July 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast