कांग्रेस बैठकमा आयो गोपालमानलाई वरिष्ठ नेता बनाउने प्रस्ताव

हिमाल प्रेस ३ साउन २०८० १६:४१ | Wednesday, July 19, 2023
कांग्रेस बैठकमा आयो गोपालमानलाई वरिष्ठ नेता बनाउने प्रस्ताव

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता बनाउन प्रस्ताव गरिएको छ। पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै केन्द्रीय सदस्य सीतादेवी देवकोटाले श्रेष्ठलाई वरिष्ठ नेता बनाउन प्रस्ताव गरेकी हुन्।

‘पार्टीका लागि अत्यन्त दुख गरेको नेता गोपालमान दाइलाई वरिष्ठ नेता बनाउन अनुरोध गर्दछु,’ उनले भनिन्।

वरिष्ठ नेताको रुपमा डा.शेखर कोइरालाले पनि इच्छा व्यक्त गरिरहेका छन्। कांग्रेसमा सभापतिमा चुनाव हारेको व्यक्ति वरिष्ठ नेता बन्ने परम्परा छ। पार्टीको १४औं महाधिवेशनमा कोइराला शेरबहादुर देउवासँग पराजित उम्मेदवार हुन्।

देवकोटाले महामन्त्रीहरूको पनि आलोचना गरिन्। ‘सभापतिलाई कमजोर बनाउन खोज्दा पार्टी कमजोर हुने कुरा हेक्का राखौँ। गौरव बोकेको पार्टी कमजोर बनाउने छुट कसैलाई छैन,’ उनले भनिन्, ‘महामन्त्रीलाई इंकित गर्दै भन्छु। युवाहरू बाहिरिएका छन्। भाइ बहिनी छोराछोरी देशमै राख्ने योजना कहाँ छ? वार्षिक क्यालेन्डरले मात्रै आमजनताको कुरा सम्बोधन हुँदैन।’

प्रकाशित: ३ साउन २०८० १६:४१ | Wednesday, July 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast