काठमाडौँ- कास्कीको मिर्सा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा मिर्सा आसपास केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि गत असार २८ गते हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
प्रकाशित: ३ साउन २०८० ११:४३
प्रतिक्रिया