कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक [LIVE]

हिमाल प्रेस २ साउन २०८० १४:०८
26
SHARES

काठमाडौँ-  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंगलबार सुरु भएको छ। पार्टी मुख्यालय सानेपामा सुरु भएको बैठकमा विभिन्न १० वटा एजेन्डामा छलफल हुनेछ। केन्द्रीय कार्यसमितिको बैठक झन्डै १० महिनापछि बसेको हो।

बैठकमा समसामयिक विषय, सांगठनिक कार्ययोजना र कार्यतालिका, केन्द्रीय समिति बैठक बस्दा कार्यसम्पादन समितिको निर्णय प्रस्ताव, निर्वाचन परिचालन समितिको प्रतिवेदन र नीति अधिवेशन सम्बन्धमा छलफल हुनेछ।

यस्तै विभागहरू गठन, थप र कामको व्यख्या, राष्ट्रव्यापी अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन पेस, संसद्‌मा सम्पादन भएका कामकाजहरूको प्रतिवेदन र सरकारको गतिविधिबारे छलफल हुनेछ। पार्टी मुख्यालय सानेपामा बस्ने बैठकको प्रत्यक्ष प्रसारण गर्ने तयारी कांग्रेसको छ।

प्रकाशित: २ साउन २०८० १४:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast