नेसपाको सञ्चार प्रविधि विभागमा मानुषी

हिमाल प्रेस २ साउन २०८० ९:३१ | Tuesday, July 18, 2023
नेसपाको सञ्चार प्रविधि विभागमा मानुषी

काठमाडौँ- डा‍. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा)ले सूचना तथा सञ्चार प्रविधि विभाग गठन गरेको छ। मानुषी यमि भट्टराईको नेतृत्वमा सूचना तथा सञ्चार प्रविधि विभाग गठन गरिएको हो।

विभागले पार्टी संगठनका अभिलेखहरू डिजिटलाइज्ड गर्ने, पार्टीको संगठन विस्तारलगायत विभिन्न अभियानलाई प्रभावकारी बनाउन आवश्यक डिजिटल प्रविधिको प्रयोग गर्न योजना बनाउने र लागू गर्ने, पार्टीलाई रिब्राण्डिङ गर्नमा आवश्यक सहयोग गर्ने मुख्य उद्देश्य रहेको नेसपाले जनाएको छ।

पार्टीबारे सूचना, जानकारी र पार्टीको गतिविधि वेबसाइट, सामाजिक सञ्जाल आदिमार्फत् डिजिटल्ली सम्प्रेषण गर्ने, पार्टी र जनताबीच पहुँचयोग्य, सरल दुईतर्फी सञ्चार निर्माण गर्ने, पार्टीभित्रको आन्तरिक सञ्चार सहज, व्यवस्थित र स्मार्ट बनाउने, पार्टीको रिब्राण्डिङमा सहयोग गर्ने विभागको मुख्य काम हुने नेसपाले जनाएको छ।

 

प्रकाशित: २ साउन २०८० ९:३१ | Tuesday, July 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast