पोखरा विमानस्थलमा हवाई इन्धन डिपोको शिलान्यास

हिमाल प्रेस १ साउन २०८० २१:४१ | Monday, July 17, 2023
पोखरा विमानस्थलमा हवाई इन्धन डिपोको शिलान्यास

पोखरा-  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन डिपोको शिलान्यास गरिएको छ। नयाँ विमानस्थल सञ्चालनमा आएसँगै थप हवाई इन्धनको माग हुने भएकाले नयाँ हवाई डिपो निर्माण सुरु भएको हो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उक्त डिपोको सोमबार शिलान्यास गरे।

हवाई इन्धन डिपो पोखराका प्रमुख धीरजविक्रम खड्काले यहाँ १२ लाख लिटर क्षमताका ३ वटा डिपो निर्माण गरिने बताए। डिपो निर्माणमा ७७ करोड खर्च हुने नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले बताए। उक्त आयोजनाको ठेक्का समानान्तर–रेलिगेयर–भारत ट्याकंस् जेभीले पाएको छ।

डिपो आगामी १ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ। साथै १ हजार २ सय किलोलिटर क्षमताका तीन र १ हजार ५ सय किलोलिटर क्षमताको एउटा पानी ट्यांकी निर्माण गरिने नायव कार्यकारी निर्देशक साहले बताए।

प्रकाशित: १ साउन २०८० २१:४१ | Monday, July 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast