सरकारको आम्दानी १० खर्ब ३१ अर्ब, खर्च १४ खर्ब २९ अर्ब

हिमाल प्रेस १ साउन २०८० १२:१५ | Monday, July 17, 2023
सरकारको आम्दानी १० खर्ब ३१ अर्ब, खर्च १४ खर्ब २९ अर्ब अर्थ मन्त्रालय। फाइल तस्बिर

काठमाडौँ- गत आर्थिक वर्ष २०७९/८० मा सरकारको आम्दानी १० खर्ब ३१ अर्ब ६९ करोड रुपैयाँ भएको छ। यो अवधिमा खर्च भने १४ खर्ब २९ अर्ब ५६ करोड रुपैयाँ छ।

आम्दानीभन्दा खर्च बढी हुँदा गत आवमा सरकारको बजेट घाटा ३ खर्ब ९७ अर्ब ८७ लाख रुपैयाँ पुगेको छ।
गत आवमा सरकारले लक्ष्यको ७०.७३ प्रतिशत मात्रै आम्दानी गरेको छ। खर्च चाहिँ लक्ष्यको ७९.६९ प्रतिशत गरेको छ।

गत आर्थिक वर्षमा सरकारले १४ खर्ब ३ राजस्व उठाउने लक्ष्य राखेको थियो। आर्थिक वर्षको अन्तिम दिन आइतबारसम्म लक्ष्यको ६८.२१ प्रतिशत मात्रै उठेको छ।

त्यस्तै कर राजस्व लक्ष्यको ६६.८२ र गैरकर राजस्व ८४.९३ प्रतिशत उठेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

वैदेशिक अनुदान बजेट लक्ष्यको ३८ प्रतिशत मात्रै प्राप्त भएको छ। गत वर्ष ५५ अर्ब ४५ लाख अनुदान लिने सरकारी लक्ष्य थियो। तर १२ अर्ब २९ करोड ७५ लाख मात्रै प्राप्त भएको छ।

गत आवमा सरकारको चालु खर्चतर्फ लक्ष्यको ८५ प्रतिशत खर्च गरेको छ। त्यस्तै पुँजीगततर्फ ६१.४४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ लक्ष्यको ८२.५८ प्रतिशत गरेको छ।

प्रकाशित: १ साउन २०८० १२:१५ | Monday, July 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast