घट्यो ग्याससहित इन्धनको मूल्य

हिमाल प्रेस ३१ असार २०८० १८:२५ | Sunday, July 16, 2023
घट्यो ग्याससहित इन्धनको मूल्य

काठमाडाैँ- नेपाल आयल निगमले खाना पकाउने ग्यासलगायत पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले इन्धनको मूल्य घटाएको हो। आइतबार साँझ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै निगमले नयाँ आर्थिक वर्ष २०८०/८१को सुरुवातसँगै इन्धनको मूल्य स्वचालित हुने बताएको छ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँ घटाउँदै एक हजार सात सय ९० रुपैयाँ कायम गरेको छ। यसअघि ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार आठ सय रुपैयाँ रहेको थियो। त्यस्तै पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटाउँदै काठमाडौँ उपत्यकामा एक सय ६४ रुपैयाँ कायम गरेको छ।

उपत्यकामा यसअघि एक सय ७० रुपैयाँ प्रतिलिटर रहेको पेट्रोलको मूल्य ठाउँअनुसार फरकफरक निर्धारण गरिएको निगमले जानकारी दिएको छ। निगमले डिजेलको मूल्य ४ रुपैयाँ प्रतिलिटरका दरले घटाउँदै उपत्यकामा एक सय ४६ रुपैयाँ प्रतिलिटर कायम गरिएको छ। आपूर्ति सचिव मधुकुमार मरासिनीले पत्रकार सम्मेलनमार्फत इन्धनको मूल्य घटेको जानकारी गराए।

यसअघि उपत्यकामा एक सय ५० रुपैयाँ प्रतिलिटर रहेको थियो। इन्डियन आयल कर्पोरेसनसँगको सम्झौताअनुसार प्रत्येक १५–१५ दिनमा नयाँ मूल्य निर्धारण हुँदै आएको छ।

प्रकाशित: ३१ असार २०८० १८:२५ | Sunday, July 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast