प्रियंका चोपडाले गरिन् हलिउड हड्तालको समर्थन

हिमाल प्रेस ३१ असार २०८० १२:३५ | Sunday, July 16, 2023
प्रियंका चोपडाले गरिन् हलिउड हड्तालको समर्थन

काठमाडौँ- हलिउडका लेखक दुई महिनायता हड्तालमा छन्। बलिउड/हलिउड अभिनेत्री प्रियंका चोपडाले पनि हड्तालको समर्थन गरेकी छन्। सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै उनले आफू हलिउड कलाकार र लेखकको साथमा रहेको बताएकी छन्।

प्रियंकाले इन्स्टाग्राममा पोस्ट सेयर गरेकी छन्। उनले लेखेकी छन्, ‘म हलिउडको कलाकार संघ र आफ्ना सहकर्मीहरूको साथमा छु। एकजुट भएर उज्जवल भविष्य कोर्न सक्छौँ।’

६३ वर्षमा हलिउडमा पहिलोपटक हड्ताल भएको छ। लेखक मेयता हड्तालमा थिए भने अब उनीहरूले कलाकारहरूको साथ पाएका छन्।

हड्तालको असर प्रोडक्सन हाउसमा देखिन थालेको छ। कतिपय टेलिभिजन श्रृंखलाको प्रसारण रोकिएको छ। प्रोडक्सन हाउस बन्द भएका छन्। हड्ताल यसै गरी जारी नै रह्यो भने त्यसले आउने समयमा गहिरो असर पार्न सक्ने धेरैको भनाइ छ। त्यस्तै हड्तालका कारण यस वर्षको एमी अवार्ड पछि सर्न सक्छ।

हलिउडका कामदार र स्टुडियोका अधिकारीबीच ज्याला, आर्टिफिसियल इन्टेलिजेन्स ९एआई० प्रविधि र नयाँ डिजिटल स्ट्रिमिङलगायत विषयमा विवाद चलिरहेको छ।

‘द स्क्रिन एक्टर्स गिल्ड अमेरिकन फेडरेसन अफ टेलिभिजन एन्ड रेडियो आर्टिस्ट’ले गत बिहीबार औपचारिक रूपमा हड्तालमा सामेल हुने घोषणा गरेको थियो। एक्टर्स गिल्ड र फिल्म तथा टीभी निर्माताहरूको संघ ‘अलाइन्स अफ मोसन पिक्चर एन्ड टेलिभिजन प्रोडुसर्स’ बीच कुराकानी भएको थियो। तर कुनै सम्झौता हुन सकेन।

‘एक्टर्स गिल्ड’मा १ लाख ६० हजारभन्दा बढी कलाकार र रेडियो प्रस्तोता आबद्ध छन्। बढ्दो महँगीलाई मध्यनजर गरी स्ट्रिमिङ कम्पनीहरूले कलाकारको पारिश्रमिक बढाउने पर्ने माग एक्टर्स गिल्डको छ। साथै कलाकारहरूलाई फिल्ममा एआई प्रयोगमा पनि आपत्ति छ।

प्रकाशित: ३१ असार २०८० १२:३५ | Sunday, July 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast