डोनाल्ड लुको भ्रमणलाई लिएर भीम रावलको प्रश्न

हिमाल प्रेस ३० असार २०८० १०:०५ | Saturday, July 15, 2023
डोनाल्ड लुको भ्रमणलाई लिएर भीम रावलको प्रश्न

काठमाडौँ- मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना कार्यान्वयनमा अमेरिकाले गरेको ताकेता शंकास्पद रहेको पूर्वउपप्रधानमन्त्री भीम रावलले बताएका छन्।

अमेरिकी सहायक उपविदेशमन्त्री डोनाल्ड लुको नेपाल भ्रमणतिर संकेत गर्दै रावलले एमसीसी कार्यान्वयनका लागि तारन्तार नेपाल आएर सबै ठूला नेतालाई भेट्नुको कारण रहस्यमय भएको बताएका छन्।

‘एमसीसी नेपालको हितमा नेपालकै आयोजना भए त्यसलाई लिनैपर्छ भनी अमेरिकीहरूले कहिले धम्की दिने र तारन्तार कार्यान्वयनका लागि नेपाल आई सबै ठूला दलका नेतालाई भेट्नुपर्ने किन?’ उनले प्रश्न गरेका छन्।

अमेरिकाको सहायक विदेशमन्त्री आउँदा प्रधानमन्त्रीदेखि ठूला दलका नेताहरूले भेटवार्ता गर्नैपर्ने कुरा पनि रहस्यमय नै भएको उनको भनाइ छ।

हिजो नेपाल आइपुगेका अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्रीदेखि प्रमुख दलका प्रमुख नेताहरूसँग भेटवार्ता गरिसकेका छन्। गत वर्ष संसद्बाट एमसीसी पारित भएको थियो।

 

प्रकाशित: ३० असार २०८० १०:०५ | Saturday, July 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast