बालुवाटार पुगेर लुले प्रधानमन्त्रीलाई भेटे, सीता दाहालको तस्बिरमा दिए श्रद्धाञ्जली

हिमाल प्रेस २९ असार २०८० २०:१८ | Friday, July 14, 2023
बालुवाटार पुगेर लुले प्रधानमन्त्रीलाई भेटे, सीता दाहालको तस्बिरमा दिए श्रद्धाञ्जली

काठमाडौँ- अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन्। शुक्रबार दिउँसो काठमाडौं आइपुगेका लु साँझ प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्।

लुले प्रधानमन्त्री पत्नी स्व.सीता दाहालको तस्बिरमा श्रद्धाञ्जली अर्पण गरेका छन्। उनी एमसीसी कार्यान्वयनसहितका मुद्दा लिएर एक दिने नेपाल भ्रमणमा शुक्रबार बिहानै काठमाडौं उत्रिएका हुन्।

यसअघि उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री एनपी साउद र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेका थिए। नेताहरूसँगको भेटमा उनले एमसीसी परियोजनाबारे चासो राखेका छन्। उनी अमेरिकाका लागि दक्षिण तथा मध्ये एसिया मामिला हेर्ने गर्छन्।

प्रकाशित: २९ असार २०८० २०:१८ | Friday, July 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast