दाहालको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दु:ख व्यक्त

हिमाल प्रेस २७ असार २०८० १३:३० | Wednesday, July 12, 2023
दाहालको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दु:ख व्यक्त

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुस्ख व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा एक सन्देश लेख्दै मोदीले दाहालको निधन भएको खबरले मर्माहत भएको बताएका छन्।

नेपाली भाषामा ट्विट गर्दै मोदीले लेखेका छन्, ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु। प्रधानमन्त्री प्रचण्डप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु। ॐ शान्ति।’

प्रकाशित: २७ असार २०८० १३:३० | Wednesday, July 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast