मेलम्ची खानेपानी आयोजनाको सुरुङ
काठमाडौँ- काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आजदेखि मेलम्चीको पानी धाराधारामा पठाउने भएको छ।
बाढीका कारण बन्द भएको पानी पुनः उपत्यकाबासीलाई वितरण गर्न लागिएको हो। केयूकेएलका प्रवक्ता प्रकाश कुमार राईले चाबहिलस्थित महाँकालचौरको पानी ट्यांकीबाट पानी वितरण सुरु गरिने जानकारी दिए।
उनका अनुसार आज बिहान साढे ८ बजेदेखि नै पानी धारा धारामा पठाइनेछ।
प्रकाशित: २३ मंसिर २०७९ ७:२५ | Friday, December 9, 2022
प्रतिक्रिया




