अनलाइन सपिङ प्लेटफर्म दराज र सीएनआईबीच सम्झौता

हिमाल प्रेस २६ असार २०८० २०:१२ | Tuesday, July 11, 2023
अनलाइन सपिङ प्लेटफर्म दराज र सीएनआईबीच सम्झौता

काठमाडौँ- अनलाइन सपिङ प्लेट फर्म दराज र नेपाल उद्योग परिसंघ (सीएनआई)बीच सम्झौता गरिएको छ। परिसंघको ‘मेक इन नेपाल स्वदेशी’ र सो अभियानमा आबद्ध सदस्यहरूको उत्पादन प्रवर्द्धनका लागि दराजसँग सम्झौता गरिएको परिसंघले जानकारी दिएको छ।

परिसंघको ‘मेक इन नेपाल स्वदेशी’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा सञ्चालित छ। स्वदेशी औद्योगिक उत्पादन बढाइ नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने लक्ष्यले ‘मेक इन नेपाल स्वदेशी’ सञ्चालनमा छ।

परिसंघले सन् २०२१ देखि ‘मेक इन नेपाल-स्वदेशी’ अभियान सञ्चालन गरिरहेको छ। सीएनआईले स्वदेशी अभियानमा जोडिएका उद्योगहरूका लागि नीतिगत वकालत गर्ने, नेटवर्किङ र बजारीकरणमा सहयोग गर्ने, स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने, कामदारको सीप अभिवृद्धि गर्नेलगायत काम गर्दै आएको छ।

त्यसमा आबद्ध सदस्यहरूको वस्तु तथा सेवाको बजारीकरणमा दराजले सहयोग गर्ने सम्झौतामा उल्लेख छ। समझदारी अनुुसार दराजले आफ्नो अनलाइन पोर्टलको ‘प्राउड्ली नेपाली च्यानल’ मा स्वदेशी सेक्सन बनाउने छ र स्वदेशी सदस्यहरूले आफ्ना वस्तुहरू यस सेक्सनमा राख्न पाउनेछन्।

साथै दराजले स्वदेशीको प्रनर्द्धन गर्ने अन्य सुविधा पनि दिनेछ। स्वदेशी अभियानमा आबद्ध सदस्यहरूको वस्तु दराज प्लेटर्फममा राख्न तथा खरिदबिक्री गर्न दराजले स्वदेशी सदस्यहरूलाई आवश्यक जानकारी पनि गराउनेछ।

मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध सदस्यहरूलाई बजारीकरण तथा नेटवर्किङमा सहयोग गराउने उद्देश्यले दराजसँग सम्झौता गरिएको परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताए।

स्वदेशी वस्तुलाई प्रोत्साहन, प्रवर्द्धन गर्न स्वदेशी सदस्यको वस्तुलाई आफ्नो अनलाइन प्लेटफर्म उपलब्ध गराइएको दराजकी प्रबन्ध निर्देशक आँचल कुँवरले बताइन्।

प्रकाशित: २६ असार २०८० २०:१२ | Tuesday, July 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast