सरकारले तोक्यो धानको समर्थन मूल्य

हिमाल प्रेस २६ असार २०८० १९:१७ | Tuesday, July 11, 2023
सरकारले तोक्यो धानको समर्थन मूल्य फाइल तस्बिर।

काठमाडौँ- सरकारले धानको समर्थन मूल्य निर्धारण गरेको छ। मंगलबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले धानको न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको हो।

सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कृषि मन्त्रालयको प्रस्तावमा धानको न्यूनतम समर्थन मूल्य तोकिएको जानकारी दिइन्। ‘आज कृषि मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोक्ने काम भएको छ,’ उनले भनिन्।

उनका अनुसार सरकारले मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १ सय ९८ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ३ सय ६२ रुपैयाँ तोकिएको छ।

उक्त मूल्य यसअघिको धानको मूल्यको तुलनामा साढे २ सय रुपैयाँले बढी रहेको मन्त्री शर्माले बताइन्।

प्रकाशित: २६ असार २०८० १९:१७ | Tuesday, July 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast