काठमाडौँ– सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा ज्यान गुमाएकाहरूको शव काठमाडौँ ल्याइएको छ। मंगलबार बिहान हेलिकप्टर दुर्घटना हुँदा पाइलट सहित ६ जनाको मृत्यु भएको थियो।
पाइलट चेत गुरुङसहित पाँच जना मेक्सिकन नागरिकको शव हेलिकप्टरमार्फत नै काठमाडौँ ल्याइएको हो। सबै शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ।
प्रकाशित: २६ असार २०८० १९:०६
प्रतिक्रिया