काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक ‘सिन्डिकेट’मा चलाउन खोजिएको बताएका छन्। उनले सिन्डिकेट चाँडै विस्फोट हुने र धैरै दिन नटिक्ने पनि बताए।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा नवगठित भातृ संगठनका प्रमुखहररूलाई जिम्मेवारी प्रदान गर्दै थापाले २०६२/६३ को परिवर्तनले मुलुकलाई अस्थिरतातर्फ धकलेको बताए।
मुलुक अहिले आत्मसमर्पणवादी मानसिकताबाट ग्रसित भएको पनि उनले बताए। रोग, भोक, अशिक्षा र गरिबीको सम्पूर्ण रामवाण गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता हो भन्नेहरूले अहिले मुकुलकको अस्तव्यस्तताको जिम्मा लिनुपर्ने उनको भनाइ थियो।
प्रकाशित: २६ असार २०८० १५:३४ | Tuesday, July 11, 2023
प्रतिक्रिया



