संसद् बैठकमा सभामुखमाथि नै प्रश्न

हिमाल प्रेस २६ असार २०८० ६:४० | Tuesday, July 11, 2023
संसद् बैठकमा सभामुखमाथि नै प्रश्न

काठमाडौँ- सभामुख देवराज घिमिरेको कार्यक्षमताप्रति सत्तारुढ दल र प्रतिपक्षीले असन्तुष्टि जनाएका छन्।

उनीहरूले घिमिरेले कसैको आग्रह र दबाबमा बैठक प्रभावित पार्न खोजेको बताएका छन्। विशेषतः सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले घिमिरेको कामकारबाहीप्रति प्रश्न तेर्स्याएको हो।

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सभामुखले बैठक सञ्चालनको सन्दर्भमा कसैको आग्रह र दबाबलाई स्विकार्ने परिस्थितिलाई सच्याउनुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले संसद् बैठकको प्रक्रियामा धेरै ठूलो प्रश्न जन्मिएको बताएका हुन्।

सांसद पौडेलले सभामुखले कसैको आग्रह र दबाबलाई स्विकार्नुपर्ने परिस्थिति बनेको भन्दै यसलाई सच्याउनुपर्ने बताए। उनले संसद् चल्न नदिने परिस्थितिको पनि अन्त्य हुनुपर्ने बताए।

प्रश्न सोधिएकै दिन प्रधानमन्त्रीलाई स्पष्टीकरण दिन दिनुपर्ने भन्दै तिन दिन बिना अर्थमा संसद् बन्द गरिएको बताए।

सांसद पौडेलले एमालेले प्रधानमन्त्रीलाई सोधेको प्रश्नको चित्तबुझ्दो जवाफ के आयो भनी प्रश्न समेत गरे। यस्तै प्रतिपक्षी दल रास्वपाले पनि सभामुखको कार्यक्षमतामाथि प्रश्न गरेको थियो। रास्वपा सभापति लामिछानेले सभामुखले प्रतिपक्षी एउटै हुन् भन्ने तवरले हेरेको आरोप लगाएका छन्।

‘हामीलाई एमालेकै नजरमा हेरियो। तर हामी एमालेभन्दा फरक हौँ,’ सभापति लामिछानेले भने। यस्तै अर्को प्रतिपक्षी दल राप्रपाले पनि आफूलाई एमालेकै नजरमा नहेरिदिन अनुरोध गरेको थियो।

प्रकाशित: २६ असार २०८० ६:४० | Tuesday, July 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast