काठमाडौँमा एभरेस्ट इन्टरनेसनल मोडेल यूएनको छैटौँ सम्मेलन

हिमाल प्रेस २५ असार २०८० २०:०२ | Monday, July 10, 2023
काठमाडौँमा एभरेस्ट इन्टरनेसनल मोडेल यूएनको छैटौँ सम्मेलन

काठमाडौँ- एभरेस्ट इन्टरनेसनल मोडेल यूएनको छैटौँ सम्मेलन काठमाडौँमा आज (सोमबार) देखि सुरु भएको छ। लैनचौरस्थित मल्ल होटेलमा भइरहेको सम्मेलन  शुक्रबारसम्म चल्नेछ।

अमेरिकी दूतावास काठमाडौँद्वारा युथ थिंकर्स सोसाइटीको साझेदारीमा सम्मेलनको आयोजना गरिएको एभरेस्ट इन्टरनेसनल मोडेल यूएनले जनाएको छ।

आयोजकका अनुसार दक्षिण र मध्य एसियाका १३ राष्ट्र र बाहिरका गरी लगभग दुई सय प्रतिनिधिहरू सहभागी भएका छन्।

सम्मेलनमा हरेक दिन सहभागी समूहले आफ्ना अनुभवहरू सुनाउनेछन्। साथै वर्तमान विश्वव्यापी एजेन्डाहरूबारे पनि छलफल गरिने बताइएको छ।

प्रकाशित: २५ असार २०८० २०:०२ | Monday, July 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast